यातायात विभागले दिने 'हरियो स्टीकर' नै मापदण्ड विपरित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

यातायात विभागले दिने ‘हरियो स्टीकर’ नै मापदण्ड विपरित

तेजना पण्डित
ललितपुर, ९ जेठ । प्रदुषण मापन गरी यातायात व्यवस्था विभागले हरियो स्टीकर दिएको सवारी साधन नै मापदण्ड विपरित भएको पाइएको छ । वातावरण विभागले हरियो स्टीकर पाएका सवारी साधनको चेकजाँच गर्दा २५ प्रतिशत सवारीसाधनमा मापदण्ड नपुगेको पाइएको हो ।

यसले वातावरण प्रदुषण न्युनिकरण गर्न सरकारले देशभरका सवारी साधनलाई हरियो स्टीकर दिने तयारी गरे पनि प्रदुषण मापन प्रक्रियामा नै प्रश्न उठेको छ ।

वायु प्रदुषणको कारकमा सवारीसाधनले ३७ प्रतिशत हिस्सा ओगटेको छ । सवारी साधानलाई वातावरणमैत्री बनाउँदै प्रदुषण न्यूनिकरणका लागि सरकारले देशैभरका नगरपालिकामा सवारीसाधनको प्रदुषण मापन गरी हरियो स्टीकर दिने तयारी गरेको छ ।

तथ्याङ्क अनुसार हाल देशभरमा ३० लाख ५२ हजार ३ सय ९७ सवारीसाधन सञ्चालनमा छन् । जसमा २४ लाख ५ हजार ९ सय ५७ मोटरसाइकल र २० हजार ६७ इरिक्सा छन् ।

सञ्चालित साना ठूला ६ लाख २६ हजार ३ सय ७३ सवारीसाधन सञ्चालन छन् । यी सवारी साधनको प्रदुषण जाँच गरी मापदण्ड पुरा भएमा ग्रीन स्टीकर दिने गरिन्छ । हाल काठमाडौं उपत्यकामा मात्र हरियो स्टीकर लागु गरिएको छ ।

विभागले लट अनुसार प्रदुषणको मापदण्ड तोकेको छ । सन् १९८० सम्म उत्पादित पेट्रोल गाडीका लागि कार्बन मोनोअक्साइड बढीमा ४ दशमलव ५ र त्यसपछिका गाडीका लागि ३ प्रतिशत कार्बन मनोअक्साइड र हाइड्रोकार्बन बढीमा हजार पीपीएम भन्दा थोरै हुनुपर्छ ।

डिजेल गाडीको हकमा धूवाँको घनत्व सन् १९९४ सम्म उत्पादन भएका गाडीमा ७५ एचएसयू र त्यसपछिकामा अधिकतम ६५ प्रतिशत एचएसयू हुनुपर्छ । नियम अनुसार एक पटक हरीयो स्टीकर लगाएपछी सार्वजनीक सवारी साधनले ६ महिनामा र नीजि सवारी साधनले १ बर्षमा नविकरण गर्नुपर्छ ।

तर, यातायत व्यवस्था विभागबाट हरियो स्टीकर पाएका सवारी साधनको जाँच गर्दा २५ प्रतिशत सवारीमा मापदण्ड नपुगेको पाइएको छ ।

हरीयो स्टीकर प्रभावकारी नहुनुमा आवश्यक उपकरणको अभाव, नियमिति जाँच नगर्नु तथा नक्कली स्टीकरको प्रयोग हुनेगरेको सरोकारवालाहरुको भनाइ छ ।

विभागसँग प्रदूषण जाँच्ने मेसिन ३ वटा मात्र छन् । ती मेसिनको प्रयोग यातायात व्यवस्था कार्यालय ललितपुुर, यातायात व्यवस्था सेवा कार्यालय काठमाडौं र सवारी परीक्षण कार्यालय टेकुमा गरिँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);