नीति तथा कार्यक्रममाथि संघीय संसदमा छलफल सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नीति तथा कार्यक्रममाथि संघीय संसदमा छलफल सुरु

sadan

काठमाडौं, ९ जेठ । सरकारद्वारा संघीय संसदमा प्रस्तुत भएको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथिको छलफल आजबाट सुरु भएको छ ।

यस अघि प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका कोटीमा स्तरोन्नति गर्ने लक्ष्य राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रममाथि संघीय संसद्मा तीन दिनसम्म छलफल हुने कार्यसूचीे छ ।

उक्त नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रारम्भिक प्रतिक्रियामा असल निबन्धको संज्ञा दिएको छ, भने सत्तारुढ दलले जनताको आर्थिक समृद्धि र विकासमुखी रहेको दाबी गरेको छ ।

सरकारले नीति तथा कार्यक्रमलाई मूर्तरुप दिन जनताका लागि काम गर्ने, सबैसित मिलेर अगाडि बढ्ने र भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने प्रतिबद्धता जनाएको छ । अर्थमन्त्री युवराज खतिवडाले सरकारको नीति तथा कार्यक्रमका आधारमा यही जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्ने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);