नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु हुने

काठमाडौं, ७ जेठ । सरकारले ल्याएको नीति तथा कार्यक्रममा आजदेखि संसदमा छलफल सुरु हुने भएको छ । छलफलका लागि आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रम गत जेठ ५ गते संसदमा प्रस्तुत गरेका थिए ।

आजको बैठकमा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । आव २०८०/८१ को नीति तथा कार्यक्रम माथि आजदेखि ११ जेठसम्म छलफलका लागि समय तोकिएको छ ।

सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ । आगामी जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दैछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);