आज पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आज पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं, ९ जेठ । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आज पनि संसद बैठकमा छलफल जारी रहने भएको छ ।

छलफलका लागि आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रम गत जेठ ५ गते संसदमा प्रस्तुत गरेका थिए ।

आइतबारको बैठकमा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । आव २०८०/८१ को नीति तथा कार्यक्रम माथि ११ जेठसम्म छलफलका लागि समय तोकिएको छ ।

सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ । आगामी जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);