मुलुकमा अब आर्थिक क्रान्ती : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मुलुकमा अब आर्थिक क्रान्ती : प्रधानमन्त्री ओली

kp oli

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक क्रान्ती हुने दाबी गरेका छन् । बुधबार काठमाडौंमा विश्व प्रजातान्त्रिक युवा महासंघको साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टीबीचको एकताले स्थिरता, शान्ति, सुशासन र समृद्धिको आधार तय गरेको भन्दै अब आर्थिक क्रान्ती हुने बताए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई सार्थक बनाउन आगामी पाँच वर्षभित्र त्यसको बलियो आधार तयार गरिने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम पनि त्यही दिशातर्फ उन्मुख भएको दाबी गरे ।

उनले निर्वाचनमा प्रतिबद्धता व्यक्त गरे अनुरुप जनताको चाहना पुरा गर्न सरकार तत्पर रहेको बताए । कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जनताको चाहना अनुसार पार्टी एकताको महत्वपूर्ण कार्यभार पूरा भएको बताए ।

उनले स्वतन्त्र परराष्ट्र नीतिका आधारमा मित्रराष्ट्र र छिमेकी मुलुकसँगको सम्बन्ध विकास गरी समृद्धिको यात्रा पूरा गर्ने बताए । सम्मेलनमा विश्वका विभिन्न मुलुकका प्रतिनिधि सहभागी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);