जातजाती र धर्मको नाममा मुलुक विखण्डन हुन दिन्न : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जातजाती र धर्मको नाममा मुलुक विखण्डन हुन दिन्न : प्रधानमन्त्री ओली

Pm Oli

काठमाडौं, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले जातजाती, भाषाभाषी र धर्मको नाममा मुलुक विखण्डन हुननदिने प्रतिबद्धता व्यक्त गरेका छन् । पूर्व सांसद् मञ्च र नेपाल निजामति कर्मचारी संगठनको संयुक्त टोलीसँगको शनिबार भएको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले विगतमा जातजाती र भाषभाषीलाई उचालेर मुलुकलाई रुवाण्डा र इथोपीया बनाउन खोजेकोमा आफूले सफल हुन नदिएको दाबी गरे । सरकारको एउटै लक्ष्य आर्थिक समृद्धि भएको भन्दै उनले अब मुलुकमा प्रशासनिक ढीलाई नहुने बताए ।

उनले राष्ट्र सेवक कर्मचारीहरुलाई जनताको काम इमान्दारीतापूर्वक गर्न निर्देशन पनि दिए । जनताले काममा ढीलाई भएको गुनासो आफूसमक्ष गरे अनुहार नहेरी कारबाही गर्ने उनको चेतावनी थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);