उपराष्ट्रपतिमा पुनको उम्मेदवारी, राष्ट्रियसभा उपाध्यक्षमा दाहाल र आलेबीच प्रतिष्पर्धा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उपराष्ट्रपतिमा पुनको उम्मेदवारी, राष्ट्रियसभा उपाध्यक्षमा दाहाल र आलेबीच प्रतिष्पर्धा

उपराष्ट्रपति पदका लागि वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले उम्मेदवारी दर्ता गराएका छन् । बहालवाला उपराष्ट्रपति पुनले शनिबार उपराष्ट्रपतिका लागि  संघीय संसद भवन नयाँबानेश्वर पुगेर पुनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको उम्मेदवारीको प्रस्तावकमा सांसदहरु सुवासचन्द्र नेम्वाङ, पम्फा भुषाल, भानुभक्त ढकाल, रेखा शर्मा र परशुराम मेघी गुरुङ रहेका छन् । त्यसैगरी समर्थकहरुमा देवप्रसाद गुरुङ, ओनसरी घर्ती, जयपुरी घर्तीमगर, रामनारायण विडारी र राजेन्द्रप्रसाद गौतम छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले राष्ट्रपति र उपराष्ट्रपतिमा पुरानैलाई दोहोर्याउने निर्णय गरेका थिए । राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भईसकेकी छन् । उपरष्ट्रपतिको निर्वाचन मिति ९ गतेलाइ तय गरिएको छ ।

यसैबीच, राष्ट्रियसभाको उपाध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ । माओवादी केन्द्रकी शशिकला दाहाल र नेपाली कांग्रेसकी वृन्दादेवी आले (राना) को उम्मेदवारी दर्ता भएको हो । दाहाल प्रदेश–२ को महिला कोटाबाट र आले प्रदेश ४ को महिला कोटाबाट राष्ट्रिय सभामा निर्वाचित भएका हुन् । राष्ट्रियसभाको अध्यक्षमा भने यसअघि नै एमालेका गणेशप्रसाद तिमल्सिना निर्विरोध निर्वाचित भईसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);