उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध

काठमाडौं, ३ चैत । उपराष्ट्रपति पदका लागि वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएका छन् ।  उम्मेदवारी दर्ताका लागि तोकिएको समय शनिबार दिउँसो २ बजेसम्ममा पुनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । उम्मेदवारी दर्ता पछि उनले उपराष्ट्रपति पदमा आफ्नो अन्तिम उम्मेदवारी भएको बताए ।

आफ्नो अघिल्लो कार्यकालमा सबै जनता, संघसंस्था र कुटनीतिक नियोगहरुसँग सुमधुर सम्बन्ध कायम राख्न सफल भएको बताउँदै उनले आगामी कार्यकालमा पनि नेपालको विकासका लागि असल सम्बन्ध कायम राख्ने बताए । उनले आगामी दिनमा पनि राष्ट्रिय सार्वभौमिकता अखण्डता र संविधानको संरक्षण एवं पालनाका लागि कटिबद्ध रहने बताए ।

पुनको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्बाङ, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ, माओवादी नेतृ पम्फा भुुसाल र रेखा शर्मा रहेका छन् । यस्तै समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ, ओनसरी घर्ती, जयपुरी घर्ती, रामनारायण बिडारी र राजेन्द्र प्रसाद गौतम छन् । उपराष्ट्रपतिको निर्वाचन चैत्र ९ गते हुने छ ।

राष्ट्रियसभाको उपाध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता

यसैबीच, राष्ट्रियसभाको उपाध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ । माओवादी केन्द्रकी शशिकला दाहाल र नेपाली कांग्रेसकी वृन्दादेवी आले (राना) को उम्मेदवारी दर्ता भएको हो । दाहाल प्रदेश–२ को महिला कोटाबाट र आले प्रदेश ४ को महिला कोटाबाट राष्ट्रिय सभामा निर्वाचित भएका हुन् । राष्ट्रियसभाको अध्यक्षमा भने यसअघि नै एमालेका गणेशप्रसाद तिमल्सिना निर्विरोध निर्वाचित भइसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);