कमाण्डर पासाङदेखि उपराष्ट्रपतिसम्म | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कमाण्डर पासाङदेखि उपराष्ट्रपतिसम्म

Nanda-Bahadur-Pun

रामेश्वर सापकोटा
काठमाडौं, ४ चैत । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन् । उम्मेदवारी दार्ताको लागि तोकिएको समयमा पुनको मात्र उम्मेवारी परेपछि उनि निर्विरोध भएका हुन् । उपराष्ट्रपतिमा दोस्रो कार्यकाल सम्हाल्न लागेका पुनले माओवादी सशस्त्र आन्दोलनका बेला पनि कुसल नेतृत्व गरेका थिए ।

राष्ट्रपति पदको लागि निर्वाचन भए पनि उपराष्ट्रपति पदमा भने निर्वाचन नहुने भएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा कुमारीलक्ष्मी राईलाई अघिसारे पनि उपराष्ट्रपतिमा भने उम्मेदवारी दिएन । पुनको एकल उम्मेदवारी परेपछि उनि दास्रो कार्यकालको लागि निर्विरोध भए । उसो र संसदमा स्पष्ट बहुमत रहेको नेकपा एमाले र माओवादी केन्द्रले पहिले नै राष्ट्रपति र उपराष्ट्रपतिमा भण्डारी र पुनलाई दोहोर्याउने सहमति गरेका थिए ।

नन्दकिशोर पुन पासाङको नामले चिनिने उनि विक्रम संवत २०३७ सालबाटै बामपन्थि राजनीतिमा आबद्ध भएका थिए । तत्कालिन माओवादीले सशस्त्र युद्धको तयारी गर्दा पुन वाईसिएलको रोल्पा जिल्ला अध्यक्ष र सैन्य प्रशिक्षक थिए । सशस्त्र संघर्ष सुरु गरेको २०५२ साल फाल्गुन १ गते माआवादीले रोल्पाको होलेरी इलाका प्रहरी कार्यालयमा आक्रमण गर्दा पुनले उत्तरपश्चिम र दक्षीण कमाण्डको इन्चार्ज र आक्रमणको सहकमाण्डरको जिम्मेवारी सम्हालेका थिए ।

माओवादीले २०५३ मा लडाकू सदस्यलाई समेटेर स्क्वायडमा रुपान्तरण गर्यो , तीनवटा स्क्वायडको नेतृत्व पनि पुनले नै गरे । माओवादीले २०५५ मा टास्कफोर्स बनाउँदा होस् वा २०५६ मा प्लाटुनहरुलाई समेटेर कम्पनी बनाउँदा त्यसको कमाण्डर पनि पुन नै गरे । सरकारसँगको पहिलो वार्ता असफल हुन लागेपछि २०५८ कात्तिकमा माओवादीले रोल्पाको कुरेलीमा भेला गरेर औपचारिक रुपमा जनमुक्ति सेनाको गठन गर्दै बटालियन तहको सैन्य संरचना बनाउँदा पनि पुन नै कमाण्डर बने ।

२०५९ मा माओवादीले आफ्नो सेनाको व्रिगेड संरचना बनाउँदा मात्रै होईन त्यसपछि बनेको दुईवटा डिभिजनमा पनि उनि पश्चिम डिभिजनको कमाण्डर हुनुभयो । लगतै माओवादीले तीनवटा डिजिभन बनायो । र, नन्दकिशोर पुनले मध्य कमाण्ड सम्हाल्नुभयो । २०६२ मा भएको चुनबाङ बैठकपछि माओवादीले सातवटा डिभिजन भए । अध्यक्ष पुष्पकमल दाहाललाई सुप्रिम कमाण्डर तथा बर्षमान पुन अनन्त, जनार्दन शर्मा प्रभाकर, नन्दकिशोर पुन पासाङ र चन्द्रप्रकाश खनाल बलदेव डेपुटि कमाण्डर बने ।

शान्तिप्रक्रियापछि दाहालले सुप्रिम कमाण्डर छाडेपछि जनमुक्ति सेनाको प्रमुख पासाङ भए । पुनले युद्धका क्रममा आफ्नो नेतृत्वमा आक्रमण गर्ने योजना सबै आफै बनाउने गरेको उनका सहकर्मीहरु सुनाउँछन् । परिपक्व तयारी गर्ने र हिम्मतका साथ लडाईंको कुशल नेतृत्व गर्ने उनको शैलीको माओवादीभित्र धेरैले प्रशंसा गर्छन ।

०५२ फागुन १ गते होलेरी आक्रमणमा सह–कमाण्डरबाट लडाई यात्रा सुरु गरेका पुनले त्यसपछिको लडाई भने प्रमुख कमाण्डर भएर लडे् । प्रहरीमाथि भएको रोल्पाको होलेरी, जेलबाङ, घर्तिगाउँ, सल्यानको झिम्पे, जाजरकोटको लाहाँ, पाँचकटिया, रुकुमको महत, तकसेरा, रुकुमकोटको आक्रमणको नेतृत्व पनि पुनले नै गरे ।

पहिलो सदरमुकाम आक्रमण डोल्पाको दुनै, पहिलो क्षेत्रीय सदरमुकाम आक्रमण कर्णालीको जुम्लामा पनि पुनले नै नेतृत्व गरेका थिए । पुनले तत्कालीन शाही नेपाली सेनामाथीको पहिलो आक्रमण दाङको घोराही, अछामको मंगलसेन, अर्घखाँचीको सन्धीखर्क, म्याग्दीको बेनी आक्रमणको नेतृत्व गरे । तर, तीनै पुन राज्यको दोस्रो ठूलो पद उपराष्ट्रपतिमा दोश्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);