प्रदेश ५ को सभामुखमा माओवादीका पूर्णबहादुर घर्ती निर्विरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

प्रदेश ५ को सभामुखमा माओवादीका पूर्णबहादुर घर्ती निर्विरोध

बुटवल, १ फागुन । प्रदेश नम्बर ५ को सभामुखमा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध निर्वाचित भएका छन् । सभामुखका लागि पूर्वी रुकुम प्रदेशसभा (ख) बाट निर्वाचित घर्तीको मात्रै उम्मेदवारी परेको थियो ।

एमाले र माओवादी केन्द्रको सहमतिमा घर्तिले सभामुखमा उम्मेदवारी दिएका हुन्। अरुको उम्मेदवारी नपरेपछि घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

उनलाई मंगलबार प्रदेश संसदको बैठकमा जेष्ठ सदस्य बलदेब शर्मा पोखरेलले सभामुख घोषणा गर्ने र शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश ५ को सचिवालयले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);