राष्ट्रपति र उपराष्ट्रपतिले आराध्यदेव पशुपतिनाथको दर्शन गरे | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रपति र उपराष्ट्रपतिले आराध्यदेव पशुपतिनाथको दर्शन गरे

काठमाडौं, १ फागुन । महाशिवरात्री पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले आराध्यदेव पशुपतिनाथको दर्शन गरेका छन् ।

राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले पशुपतिनाथ मन्दिर परिसरमा पुगेर पशुपतिनाथको पुजाआर्चना गरेका हुन् ।
महाशिवरात्रीका अवसरमा पशुपतिनाथ मन्दिरमा देशविदेशबाट आउने भक्तजनको घुईंचो लागेको थियो ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनायाे । महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेमा सिद्धि प्राप्त भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । यही विश्वासकासाथ पशुपतिनाथको दर्शन गर्न देशका विभिन्न स्थान देखि भारतबाट समेत  दर्शनार्थी आउने  गर्छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);