ढिलो चाँडो फेरी प्रधानमन्त्री हुन्छु : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ढिलो चाँडो फेरी प्रधानमन्त्री हुन्छु : प्रचण्ड

चितवन, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढिलो चाँडो आफु प्रधानमन्त्री बनेरै छाड्ने बताएका छन् ।

एमाले अध्यक्ष केपी ओलीसँग वान टु वान वार्ता गरे लगत्तै अध्यक्ष दाहालले चितवन पुगेर आफु ढिलो चाँडो प्रधानमन्त्री बन्ने बताएका हुन् । चितवनको शरदपुर माध्यामिक विद्यालयको बार्षिकोत्सबमा बोल्दै अध्यक्ष प्रचण्डले कांग्रेसले आफुलाई प्रधानमन्त्री बन्न पटक पटक प्रस्ताव गरेको समेत खुलासा गरे ।

केहि दिन अघि पनि चितवनमा अध्यक्ष दाहालले देशको हितका लागि आफु जस्तोसुकै निर्णय लिन सक्ने बताएका थिए । अध्यक्ष दाहालले देशको आर्थिक विकास र समृद्धिका लागि सबै पार्टी मिल्नुको विकल्प नरहेको बताए ।

देश गरिब भएकाले नोबल पुरस्कार पाइँन

देश गरिव भएका कारण आफूले नोबेल शान्ति पुरस्कार पाउन नपाएको उनले बताए । निकै ठूलो द्वन्द्वलाई शान्ति सम्झौताद्वारा टुंगो लगाउँदा पनि शान्ति सम्झौताका हस्ताक्षरकर्ता तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला र आफूलाई गरिव देशका भएकाले पश्चिमाहरुले त्यति धेरै महत्व नदिएको उनको भनाई छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);