म प्रति जनताको अझै भरोसा रहेछ : दाहाल | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

म प्रति जनताको अझै भरोसा रहेछ : दाहाल

काठमाडौं, २५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले पटक पटक मौका पाएर पनि जनताका लागि सोचे जति गर्न नसकेको दुखेसो गरेका छन् । पश्चिम भ्रमणमा रहेका अध्यक्ष दाहालले बुधबार रुकुममा आयोजित एक कार्यक्रममा बोल्दै यसतो बताएका हुन् ।

अध्यक्ष दाहालले भने– ‘जनताले विभिन्न अवसर दिए । मलाई जनयुद्धको नेतृत्व गर्ने अवसर दियो, शान्ति सम्झौताको नेतृत्व गर्ने अवसर दियो, संविधान सभा निर्वाचन गराउने महत्वपूर्ण अवसर पनि मैले पाएँ । त्यसकारण म जनता प्रति ऋणी छु ।’ ‘अहिले सम्म ठूलै मौका पाएको थिएँ । सोंचेको जति भने गर्न सकिएन ।

देश विकास, भौतिक निर्माण तथा सामाजिक विकास गर्न चाहेको थिएँ । तर, चुनावबाट मलाई मौका दिइएन ।’ आफूले सोचे जति काम गर्न नसक्नुमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दोष दिएका छन् । जनताका लागि मौका पाए अझै विकास गर्ने मन भएको दाबी गर्दै आफूले विभिन्न किसिमका मान्छेलाई भेटेको र त्यस्ता मानिसहरुको कुरा सुन्दा केही गर्न सकिने आशा पलाएको बताए ।

उनले भने–‘म प्रति अझै पनि जनताको भरौसा छ भन्ने महशुस हुँदैछ, विभिन्न किसिमका मान्छेसँग भेट्दा मेरो प्रशंसा गरेको पाएँ । एउटा नयाँ उर्जा लिएर अब म काठमाडौं जान्छु ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);