कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह– ऐतिहासिक रेकर्ड बनाउन प्रतिवद्ध छु, सहयोग गर्नुहोस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह– ऐतिहासिक रेकर्ड बनाउन प्रतिवद्ध छु, सहयोग गर्नुहोस

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले इतिहासमा कहिल्यै नमर्ने प्रतिवद्धताका साथ केही ठूला र नयाँ काम गर्ने योजना आफूले बनाईरहेको बताउनु भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताउनु भएको हो । आफूले सरकारको नेतृत्व लिएपछि सुशासन, सामाजिक न्याय, विकास, निर्माण र समृद्धिको दृष्टिकोणले केही नयाँ खालको रेकर्ड बनाउने कामको सूरुवात गरेको दावी गर्दै उहाँले अव इतिहासमा कहिल्यै नमर्ने खालको काम गर्ने योजनामा लागेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले आजै मन्त्रीपरिषदले पूर्णता पाउने र त्यसपछि सरकारको ध्यान देशमा आर्थिक समृद्धिको दृष्टिकोणले, सुशासनको दृष्टिकोणले र सामाजिक न्यायको दृष्टिकोणले केही ऐतिहासिक रेकर्ड बनाएर जानुपर्छ भन्नेमा रहेको पनि दोहो¥याउनु भयो ।

उहाँले त्यसका लागि इमान्दार भएर सरकारलाई सहयोग गर्न पनि निजामती कर्मचारीहरुलाई निर्देशन दिनु भयो । प्रधानमन्त्री दाहालले अहिले पनि परिवर्तनका विरुद्ध विभिन्न खालको षडयन्त्र भईरहेको उल्लेख गर्दै सचेत भएर अघि बढनुपर्ने आवश्यक्ता रहेको पनि औंल्याउनु भयो । उहाँले भन्नु भयो, ‘अब यो पटक सरकारको नेतृत्व विशेष परिस्थितिमा प्राप्त भएको तपाईहरुले महशुस गर्नु भएकै होला । र, गएको ९७ दिन करिव भयो आज । मैले तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको छ । यो बीचमा भए÷गरेका कामहरु सबभन्दा नजिकबाट देख्नु भएकै छ । मैले अहिले त्यसको ब्याख्या गर्न सम्भव छैन । एकातिर सुशासनको दृष्टिकोणले, सामाजिक न्यायको दृष्टिकोणले र विकास, निर्माण र समृद्धिको दृष्टिकोणले केही रिकर्डहरु बनाउने कोसिस भईराखेको छ । मलाई अहिले त्यसको फेहरिस्त बताउने समय छैन । तर हामीले केही नयाँ सूरुवात पक्कै गरेका छांै । र, केही ठूला र नयाँ काम जो इतिहासमा कहिल्यै नमर्ने काम गर्ने प्रतिवद्धताका साथ मैले योजना बनाउँदैछु । आज सरकारले पूर्णता प्राप्त गर्दैछ । हामी तीन बजे सपथ गरिसकेपछि हााम्रो ध्यान अव यो देशमा आर्थिक समृद्धिको दृष्टिकोणले, सुशासनको दृष्टिकोणले र सामाजिक न्यायको दृष्टिकोणले केही ऐतिहासिक रेकर्ड बनाएर जानुपर्छ भन्नेमा म प्रतिवद्ध छु । तपाई कर्मचारी साथीहरुको यस सन्दर्भमा ठूलो सहयोगको मैले अपेक्षा गरेको छु । तपाईहरुको सहयोग, तपाईहरुको फिडब्याक निरन्तर चाहिन्छ । तपाईहरुले जे अनुभव गर्नु भएको छ । कर्मचारीको हैसियतमा । तपाईहरुको इमान्दार सहयोग भयो भने नयाँ रिकर्ड बनाउन सकिन्छ भन्ने मैले विश्वास लिएको छु । मैले अहिले धेरै भन्न सम्भव छैन ।’

प्रधानमन्त्री दाहालले नेपालको राजनीतिक परिवर्तनमा कर्मचारीहरुले खेलेको भूमिकाको प्रशंशा गर्दै सरकार उनीहरुको ट्रेड युनियनको पक्षमा रहेको पनि स्पष्ट पार्नु भयो । अहिले पनि मुलुकमा कर्मचारी ट्रेड युनियनको आवश्यक्ता छ कि छैन ? भन्ने बारे बहस जारी रहेको र आफू भने त्यसको पक्षमा रहेको उहाँको भनाई थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);