सबैलाई सम्मान र विश्वासको परिस्थिति सिर्जना गर्छौंः उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

सबैलाई सम्मान र विश्वासको परिस्थिति सिर्जना गर्छौंः उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का

काठमाडौं । नवनियुक्त उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति निर्माण गरेर सरकार सफल बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।

शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथग्रहण गरेपछि मन्त्रालयको कार्यभार सम्हाल्दै सिंहदरबारमा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री खड्काले रक्षा मन्त्रालय एकदमै महत्वपूर्ण मन्त्रालय भएकाले सबै सम्बन्धित पक्षहरुसँगको छलफलबाट आफू अघि बढ्ने बताउनु भयो ।

उहाँले सामुहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर सरकार सञ्चालन गर्ने बताउनु भयो । उहाँले न्युनतम साझा कार्यक्रम अबको केही दिनमा नै ल्याउने बताउँदै न्युनतम साझा कार्यक्रमबाट नै सरकारका प्राथमिकताहरु, सरकारका महत्वपूर्ण नीतिगत सुधारका कामहरु अघि सार्ने बताउनु भयो ।

मन्त्री खड्काले अबको केही दिनभित्र सरकारको न्युनतम साझा कार्यक्रम ल्याइ देशको सम्पूर्ण परिस्थितिमा केन्द्रित हुने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);