काठमाडौं–तराई दु्रतमार्ग निर्माणमा ढिलाई गर्ने अनुमति कसैलाई पनि छैनः उपप्रधानमन्त्री खड्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

काठमाडौं–तराई दु्रतमार्ग निर्माणमा ढिलाई गर्ने अनुमति कसैलाई पनि छैनः उपप्रधानमन्त्री खड्का

काठमाडौं, १७ कार्तिक ||
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं–तराई दु्रतमार्ग निर्माण योजना थप गरिएको समय भित्र सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ । आगामी २०८३ साल चैत्र मसान्त भित्र सम्पन्न गरिसक्न मन्त्रीपरिषद् बैठकले निर्णय गरेकाले सोही समयमा नेपाली सेनाले सो आयोजनाको काम पूरा गर्नुपर्ने उहाँको भनाई थियो । शुक्रवार सिंहदरबारमा मन्त्रालयको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक प्रगति समिक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सो योजना सम्पन्न गर्ने काम थपिएको समयभन्दा पछि टार्ने अनुमति कसैलाई पनि नरहेको बताउनु भयो । उहाँले देशकै प्रतिष्ठाकै विषय भएको सो आयोजनाको काम सम्पन्न गर्न अब नेपाली सेनाले पनि ढिलाई नगर्ने विश्वास व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री खड्काले सो आयोजनाको कुनै पनि समस्या तत्काल समाधान गरेर अघि बढन नेपाल सरकार तयार रहेको पनि पटक पटक दोहो¥याउनु भयो । उहाँले सो आयोजनाको ठेकदारहरुलाई पनि ढिलाई नगर्नका लागि अनुगमनको काममा कडाई गर्नुपर्ने समेत बताउनु भयो ।
उपप्रधानमन्त्री खड्काले कुनैपनि काममा ढिलाई नगर्न मन्त्रालय मातहतका निकायलाई सचेत गराउनु भयो । बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले बजेटको अभावमा नेपाली सेनाले पाएको सडक निर्माण लगायतका जिम्मेवारी समयमै सम्पन्न गर्ने काममा ढिलाई हुनु गएको स्पष्टिकरण दिनुभएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);