श्रमिकका समस्या,गुनासो र जिज्ञासा समाधान र सुधारका लागि श्रमाधान सेवा शुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

श्रमिकका समस्या,गुनासो र जिज्ञासा समाधान र सुधारका लागि श्रमाधान सेवा शुरु

श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले श्रमाधान सेवाको शुरुवात गरेको छ ।

बुधवार १३५ औं विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्नेगरी श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालले श्रमाधान सेवाको शुरुवात गरेको हो ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान सेवाको शुरुवात गर्नुभएको हो । श्रमाधान सेवाको सुरुवात गर्दै मन्त्री अर्यालले नेपाली स्वदेश तथा विदेशमा रहेका श्रमिकहरुका समस्या समाधानका लागि मन्त्रालयको कल सेन्टरले मात्रै नपुग्ने भएकाले नयाँ कार्यक्रमको रुपमा श्रमाधानको शुरुवात गरेको जानकारी गराउनु भयो ।

यो वृहत र व्यवहारिक योजना भएको दाबी गर्दै उहाँले श्रमाधानमा इन्द्रेणीका सात रङसँग मेल खानेगरी प्रत्येक कार्यक्रमलाई एक विशेष रङसँग जोडिएको स्पष्ट गर्नभयो । मन्त्री अर्यालको भनाइ छ ।

मन्त्री अर्यालले श्रमाधानमा सबै नेपालीहरुको श्रमलाई उच्च प्राथमिकता दिँदै समानताको प्रत्याभुति दिने उद्देश्यले समता कार्यक्रम पनि समावेश रहेको बताउनु भयो ।

श्रमिकका समस्या, गुनासो वा जिज्ञासा समाधान गर्न श्रमाधान कल सेन्टरमा फोन गर्दा पैसा नलाग्ने ११४१ फोन नम्बर समेत सार्वजनिक गरिएको छ ।०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);