स्वास्थ्य मापदण्ड व्यवस्थापन परिचालन तथा मानवीय सुरक्षा सम्बन्धी अभिमुखी कार्यक्रम आयोजना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

स्वास्थ्य मापदण्ड व्यवस्थापन परिचालन तथा मानवीय सुरक्षा सम्बन्धी अभिमुखी कार्यक्रम आयोजना

सत्य नारायण मानन्धर

बुटबल , २५ चैत । संकटका समयमा अन्य समुहको तुलनामा बालबालिका तथा जोखिममा रहेका वर्ग बढि प्रभावित हुने गर्दछन् । त्यसमा पनि कोभिडको कहरमा श्रमिक तथा श्रमिकका बालवालिका बढि प्रभावित भएका छन् ।

यस्तै पछिल्लो समय भारत लगाएतका अन्तराष्ट्रिय देशहरुमा दोश्रो चरणको कोराना प्रकोप बढ्दै गएको छ । यसै विषयलाई मध्यनजर गरेर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सिहंदरवारले श्रमिक र श्रमिकका बालबालिकाका लागि कोभिडको स्वास्थ्य मापदण्ड व्यवस्थापन परिचालन तथा मानविय सुरक्षालाई चासो दिन थालेको छ ।

मन्त्रालयले श्रमिक तथा श्रमिकका बालबालिका लागि कोभिडको स्वास्थ्य मापदण्ड व्यवस्थापन परिचालन तथा मानविय सुरक्षा सम्बन्धी बुधवार बुटवलमा अभिमुखी कार्यक्रमकै आयोजना गरेको छ । कार्यक्रममा उपस्थित मजदुरका प्रतिनिधी तथा बालबालिकाहरुले कोरोनाकालमा सरकारले गरेका कामबाट सन्तुष्ट नभएको प्रतिकृया दिएका थिए ।

महामारीको बेलामा सुरक्षा मापदण्ड अपनाएर मात्र श्रमिकलाई काम गर्ने वातावरण बनाएको श्रम कार्यालयले जनाएको छ । कोभिडको बेलामा अनुगमन गर्ने र श्रमिकको स्वास्थ्य , व्यवसायिक सुरक्षाका लागि उद्योगहरुलाई निर्देशन समेत दिईएको बताइएको छ ।

बुटवलमा आयोजित कार्याक्रममा मन्त्रालयका उप सचिव पुरुषोतम अधिकारी , लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रदेश स्वास्थ्य अधिकृत हरि भुषाल ,रुपन्देही जिल्लामा रहेका उद्योग संघ, उद्योग बाणिज्य संघ , ट्रेड युनियनकर्मीहरु, स्थानिय तहका प्रतिनिधीहरु लगाएत सरोकारवालहरुकोे उपस्थिती रहेको थियो ।

हरेक श्रमिक तथा बालबालिकालाई कष्ट आईपर्नबाट जोगाउनु, जीवन रक्षा गर्नु तथा स्वास्थ्यको रक्षा गर्नु पर्ने बताइएको छ । त्यसैगरि दीर्घकालीन क्षति हुनबाट जोगिन उपयुक्त रोकथामका उपायहरू अपनाउनुपर्नेमा जोड दिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);