'बजेटको अभावले सेनाले पाएको जिम्मेवारी समयमै सम्पन्न भएन' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

‘बजेटको अभावले सेनाले पाएको जिम्मेवारी समयमै सम्पन्न भएन’

काठमाडौं, ११ असार । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले बजेट अभावका कारण नेपाली सेनाले जिम्मेवारी लिएको सडक निर्माणको काम समयमै सम्पन्न हुन नसकेको बताउनु भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो स्पष्टिकरण दिनु भएको हो । उपप्रधानमन्त्री खड्काले हुम्ला सदरमुकाम जोड्ने सडक नेपाली सेनाले आगामी आर्थिक वर्ष भित्र सम्पन्न गरिसक्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

सो सडकको केही भाग निर्माणको काम मात्रै नेपाली सेनाले पाएको र सो काम आगामी आर्थिक वर्ष भित्र सम्पन्न गर्ने उपप्रधानमन्त्री खड्काको भनाई थियो । उहाँले सुरक्षाको आवश्यक्तालाई ध्यानमा राखेर सरकारले जलविद्युत आयोजना निर्माण कार्यमा पनि नेपाली सेनालाई परिचालन गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई परिचालन गर्दै लैजाने नीतिलाई निरन्तरता दिने बताउनु भयो । उपप्रधानमन्त्री खडकाले भन्नु भयो, ‘सेनाले जिम्मा लिएका सडकहरुको सम्पन्न गर्ने कुराको जुन प्रश्न छ । कतिपय सन्दर्भमा हाम्रो अर्थतन्त्रको सिमितताको कारण बजेट अभावको कारणले पनि सेनाले सम्पन्न गर्न चाहँदाचाहँदै पनि कतिपय सडकहरु सम्पन्न हुन नसकेका पनि छन । अव जहाँसम्म हुम्लाको कुरा उठेको छ । हुम्लाको सन्दर्भमा सेनाले पाएको जिम्मेवारी अनुसारको काम आउने आर्थिक वर्षमा सम्पन्न गर्छ । र, त्यहाँ सडक विभाग अन्तरगत पनि काम भईरहेको अवस्था छ । हुम्ला सदरमुकाम पुग्ने सन्दर्भमा सेनाको तर्फबाट लिइएको जुन जिम्मेवारी छ । त्यसलाई तोकिएकै समयमा पूरा गर्ने कुरा म सम्माननीय सभामुखमार्फत माननीय सदस्यहरुलाई अनुरोध गर्न चाहन्छु । निजी जलविद्युत आयोजनाहरुमा सरकारको निर्णय अनुसार सुरक्षाको आवश्यक्तालाई ध्यानमा राखेर सेनालाई घटाउने प्रबन्ध विगतदेखि हुँदै आएको छ । सोही आवश्यक्ता अनुसार भविष्यमा पनि त्यो बारेमा निर्णय हुने व्यहोरा म माननीय सदस्यहरुलाई अनुरोध गर्न चाहन्छु ।’

उपप्रधानमन्त्री खड्काले नेपाली सेना आफूले पाएको सडकहरुको निर्माण कार्य समयमै सम्पन्न गर्न प्रतिवद्ध रहेको समेत बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);