काठमाडौं-तराई-मधेश द्रुतमार्ग तोकिएकै समय भित्र सम्पन्न हुन्छ : नेपाली सेना | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं-तराई-मधेश द्रुतमार्ग तोकिएकै समय भित्र सम्पन्न हुन्छ : नेपाली सेना

काठमाडौं–तराई-मधेश द्रुतमार्ग

काठमाडौं, १४ जेठ । नेपाली सेनाले काठमाडौं–तराई-मधेश द्रुतमार्ग सडक आयोजना निर्माणको काम तोकिएकै समय भित्र सम्पन्न हुने गरी अघि बढाइएको जनाएको छ । नेपाली सेनाका इन्जिनियरिङ विभाग प्रमुख एवम् सो आयोजनाका प्रमुख उपरथी योगेन्द्रबहादुर खाँणले तोकिएकै समय भित्र सम्पन्न हुने गरी सो आयोजनाको कामलाई अघि बढाइएको जानकारी दिनु भएको हो ।

मंगलबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सो आयोजनाको हालसम्मको कार्य प्रगति विवरण पेश गर्दै उहाँले आगामी २०७९ साल असोज महिना भित्र सो आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने गरी कामलाई अघि बढाइएको बताउनु भयो ।

निर्धारित समय सिमा भित्र सो आयोजनाको कामलाई सम्पन्न गर्ने गरी आवश्यक्ता अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्माण व्यवसायीहरु पनि सो आयोजनाको काममा परिचालन गरिएको आयोजनाका प्रमुख उपरथी खाँणले बताउनु भयो ।

सो आयोजना अन्तरगतको पुल निर्माणको कामलाई पनि सुरु गरिएको नेपाली सेनाले जनाएको छ । आयोजनाका प्रमुख उपरथी खाँणले पुल निर्माणको कामलाई पनि तीव्रता दिइएको बताउनु भयो । उहाँले आयोजनाको ६५६ रोपनी जग्गा अधिग्रहणको काम बाँकि रहेको उल्लेख गर्दै त्यसलाई पनि अघि बढाउने बताउनु भयो ।

आयोजनाले सुरुङमार्ग निर्माण हुने खण्डमा रुख कटानको कामलाई पनि सुरु गरिएको जनाएको छ । त्यसैगरी सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन १० करोड लागतमा निर्माण गरिएको र त्यो स्विकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गरिएको पनि आयोजना प्रमुख उपरथी खाँणले जानकारी दिनु भयो ।

यसैबीच, राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजनाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन मन्त्रीपरिषद बैठकबाट स्विकृत गरी काठमाडौं–तराई-मधेश द्रुतमार्ग सडक आयोजना निर्माणको कामलाई निर्धारित समय भित्रै सम्पन्न गर्न नेपाली सेनालाई सहज बाटो खोली दिन सरकारलाई निर्देशन पनि दिएको छ ।

समितिकी सभापति दिलकुमारी रावल थापाले सो आयोजनाको कामलाई तोकिएकै समयमा सम्पन्न हुने गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गरिएको विस्तृत परियोजना प्रतिवेदन स्विकृत गर्न सरकारलाई निर्देशन दिइएको जानकारी दिनु भयो ।

बैठकमा समितिका सदस्यहरुले सो आयोजनाको कामलाई अघि बढाउँदा स्थानीय जनतालाई मारमा पार्ने काम नगर्न पनि नेपाली सेनाको गम्भिर ध्यानाकर्षण गराएका थिए । ७६ दशमलव २ किलो मिटर लम्बाई रहेको सो सडक आयोजनाको निर्माणको जिम्मेवारी नेपाली सेनालाई २०७४ साल श्रावण २७ गते दिइएको थियो ।

आयोजनाको प्रमुख उपरथी खाँणले तोकिएकै समय भित्र सो आयोजनाको कामलाई सम्पन्न हुने गरी सबै कामलाई अघि बढाइएको बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षको सूरुमै सो आयोजना अन्तरगतको सडकको कालोपत्रेका लागि आवश्यक सामग्री खरिद प्रक्रिया सुरु गर्ने योजना तय गरिएको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);