जनतालाई भड्काउने छुट कसैलाई पनि छैन : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

जनतालाई भड्काउने छुट कसैलाई पनि छैन : प्रचण्ड

पुष्पकमल दाहाल

काठमाडाैं, १४ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जनतालाई भड्काउने छुट कसैलाई पनि भएको बताउनु भएको छ । अध्यक्ष दाहालले मुलुकको ईतिहास र प्रकृतिले दिएका सम्पदाहरुको सदुपयोग गर्दै मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन केन्द्रित हुन पनि सबैलाई आह्वान गर्नु भयो ।

मुलुकको प्रकृति, विविधता र त्यस भित्रको शान्दार एकता मुलुकको समृद्धिका लागि अति उपयोगी रहेको अध्यक्ष दाहालको भनाई छ । गन्तव्य नेपालद्धारा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले विकास निर्माणको कामलाई छिटोभन्दा छिटो गति दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

अध्यक्ष दाहालले हिमाल, पहाड र तराईजस्ता भौगोलिक सम्पन्नताले भरिपूर्ण भएर पनि विगतमा नेपालले राजनीतिक अस्थिरताकै कारण प्रगति गर्न नसकेको पनि स्पष्ट पार्नु भयो । उहाँले गौतम बुद्धको नेपाली भूमिलाई समृद्ध बनाउन पर्यटन प्रवर्द्धन गरेर अघि बढने योजना पनि अघि सार्नु भयो । त्यस अवसरमा अध्यक्ष दाहालले गन्तव्य नेपालले ‘नेपाल भ्रमण वर्ष–२०१९’लाई सफल बनाउन पु-याउँदै आएको योगदानको पनि खुलेर प्रशंशा गर्नु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);