शैक्षिक क्षेत्रको गुणात्मक विकासमा योगदान गर्न प्रचण्डको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

शैक्षिक क्षेत्रको गुणात्मक विकासमा योगदान गर्न प्रचण्डको आग्रह

काठमाडौं, २७ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको शैक्षिक क्षेत्रको गुणात्मक विकासमा योगदान गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्नु भएको छ ।

अध्यक्ष दाहालले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको दावी पनि गर्नु भयो । उहाँले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि उच्चस्तरीय शिक्षा आयोगले सरकारलाई प्रतिवेदन बुझाएर महत्वपूर्ण योगदान पु¥याएको पनि स्पष्ट पार्नु भयो ।

अध्यक्ष दाहालले सरकारले शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक कानुन निर्माणको कामलाई पनि तीब्रता दिइरहेको बताउनु भयो । उहाँले मुलुकको समृद्धिको यात्रालाई सार्थक बनाउन पनि शैक्षिक क्षेत्रमा सुधार गरेर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पार्नु भयो ।

सोमबार काठमाडौंमा आयोजित ‘१५ औं राष्ट्रिय शैक्षिक अवार्ड’ विवरण कार्यक्रममा बोल्दै उहाँले जनताको जीवनसँग जोडिने गरी मुलुकको शैक्षिक क्षेत्रको सुधार नगरे मुलुकलाई समृद्ध बनाउने सरकारको संकल्प कल्पनामा मात्रै सीमित हुने पनि बताउनु भयो ।

अध्यक्ष दाहालले विकसित देशहरुले पनि शिक्षालाई उच्च प्राथमिकता दिने गरेको स्मरण गराउँदै नेपालजस्तो अल्पविकसित मुलुकले समृद्धिको अभियानलाई सार्थक बनाउन शिक्षा क्षेत्रमा व्यापक परिवर्तन हुनैपर्ने बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);