सरकारले ‘पढदैः कमाउँदै’ भन्ने कार्यक्रम संचालनगर्ने तयारी गरेको छः अर्थमन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सरकारले ‘पढदैः कमाउँदै’ भन्ने कार्यक्रम संचालनगर्ने तयारी गरेको छः अर्थमन्त्री शर्मा

काठमाडौं । सरकारले ‘पढदैः कमाउँदै’ भन्ने कार्यक्रम संचालनगर्ने तयारी गरेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । शर्माले उत्पादनमूलक अर्थतन्त्रनिर्माणका लागि ‘पढदैः कमाउँदै’ कार्यक्रम संचालनगर्ने तयारी गरिरहेको जानकारी दिएका हुन् ।

काठमाडौंमा आयोजित ‘कोरोना महामारीमा शैक्षिक रुपान्तरण विषयक’ छलफलमा उनले उक्त कार्यक्रमबाट मुलुकको शैक्षिक र आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

अर्थमन्त्रीशर्माले सरकारले उत्पादनमूलक अर्थतन्त्रनिर्माणका लागिजोड दिइरहेको पनि बताए । उनले नेपालको विकासको मोडल सामूदायमा आधारित हुनुपर्ने आएको आवश्यकता रहेको बताए ।

शर्माले शिक्षा क्षेत्रमालगानी बढाउने राजस्व सङ्कलन वृद्धि गर्न जोड दिएको उल्लेख गर्दै शिक्षा क्षेत्रलाई समयानुकूल बनाउन प्रविधिको विकास गर्नुपर्नेमा सरकार सचेत रहेको जानाकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);