ट्रकको ठक्करबाट बटुवाको घटनास्थलमै मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ट्रकको ठक्करबाट बटुवाको घटनास्थलमै मृत्यु

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका-२ मा ट्रकको ठक्करबाट एकजना बटुवाको मृत्यु भएको छ । आईतबार बिहान स्याङ्गजाबाट बुटवलतर्फ जाँदै गरेको ग २ ख ३३५ नम्बरको ट्रकले ठक्कर दिँदा बगनासकाली २ का ५९ वर्षीय श्यामबहादुर रोकायाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ज्ञानप्रसाद ज्ञवालीले जानकारी दिए ।

ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);