ट्रकको ठक्करबाट एकै परिवारका २ को मृत्यु, १ घाईते | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८०, आइतबार

ट्रकको ठक्करबाट एकै परिवारका २ को मृत्यु, १ घाईते

lolang height durghatana

काठमाडौं, ९ कात्तिक । काठमाडौंको बालाजु स्थित लोलाङ हाइटमा ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको भएको छ । घटनास्थलमा एक जनाको र उपचारको क्रममा थप एकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा एकै परिवारका ७० वर्षकी तीलकुमारी तिवारी, ३ वर्षका बालक अजित तिवारी रहेका छन । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६० वर्षीय सावित्री पुडासैनीको उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ना ६ ख ७८२६ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।