ट्रकले स्कुटरलाई ठक्कर दिँदा चितवनमा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८०, शुक्रबार

ट्रकले स्कुटरलाई ठक्कर दिँदा चितवनमा एक जनाको मृत्यु

चितवन। चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर–भण्डारा खण्डको राप्ती नगरपालिकाको बीरेन्द्रनगर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार दिउँसो राप्ती नगरपालिका–७ वीरेन्द्र चोकमा भरतपुरबाट हेटौंडातर्फ जाँदै गरेको ना६ख ५९८६ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदैगरेको बागमती प्रदेश ०३–००३ प १२०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा राप्ती नगरपालिका–६ हर्दीकी २४ वर्षीया रमिता तामाङको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको भरतपुरको सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रीमान सुशील कुँवरले चलाएको स्कूटरमा सवार रमिताको मृत्यु भएको र उनका श्रीमानको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);