पाँच वर्षअघि साउदी जान हिँडेका म्याग्दीका खिमबहादुरको छैन अत्तोपत्तो, बाटो कुर्दै आमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

पाँच वर्षअघि साउदी जान हिँडेका म्याग्दीका खिमबहादुरको छैन अत्तोपत्तो, बाटो कुर्दै आमा

सन्दिप शर्मा
काठमाडौं । म्याग्दीको मंगला गाउँपालिका १ कुहुँ घर भएका खिमबहादुर पुन साउदीको भिसा लागेको भन्दै २०७४ साल फागुन १० गते घरबाट प्रदेश जान निस्किए । पुन घरमा रहेका बूढा हजुरबुवा, हजुरआमा र आमासहित श्रीमती, ९ वर्षीय छोरा र ७ वर्षकी छोरीसँग बिदा भई परदेशको यात्रामा निस्किएका थिए । बूढा भएका हजुरबुवा, हजुरआमा र आमाले उनलाई रुँदै बिदाईका हात हल्लाएर आर्शीवाद दिई बिदा गरेका थिए । घरका एक्ला छोरा पुनमाथि बूढा भएका हजुरबुवा, हजुरआमा, आमा, श्रीमती एक छोरा र एक छोरीको जिम्मेवारी थियो । जिम्मेवारीले गर्दा पनि होला पुन केही वर्ष पहिले मलेसियाबाट देशमा नै केही गर्ने भनेर फर्किए पनि पुन परदेश जान बाध्य भए । परदेशमा पुगेर दुख गरी बूढा भएका हजुरबुवा, हजुरआमा र आमालाई राम्रोसँग पाल्ने अनि छोराछोरीलाई राम्रोसँग पढाउने उनको सपना थियो । त्यही सपना पूरा गर्न घरबाट साउदी जान्छु भन्दै निस्किएका पुन अहिले घर परिवारसँग सम्पर्कमा छैनन् । घरबाट “राम्रोसँग बस है आमा भन्दै निस्किएको छोरा अहिलेसम्म सम्पर्कमा आएको छैन” गहभरी आँसु पार्दै उनकी आमा दमकुमारी पुन (उमा) ले भनिन् ।

“विदेश जान्छु भन्दै घरबाट गएको छोराको कुनै अत्तोपत्तो छैन” । छोरा विदेश गएपछि दुई वर्षअघि बिरामी परेर नातिको पनि मृत्यु भयो । अहिलेसम्म छोराले किन घर सम्झिएन, अरु नसम्झिए पनि परदेशिन लागेको बेला उसलाई रुदै बिदाई गरेका उसका छोराछोरी, बूढा भएका बजे बज्यै र मलाई त सम्झिनु पर्ने हो । किन उसको मन म¥यो होला उनको छोराप्रति गुनासो छ । मलिनो र रुन्चे अनुहार बनाउँदै लामो सास तान्दै उनले आँखाबाट झर्नै लागेका दुई थोपा आँसु पुछिन् र भनिन् मेरो छोरा “अप्ठ्योमा परेको पो छ कि” ? “परदेशको ठाउँमा, त्यही भएर पो खबर पाउन नसकेको हो कि” ?

कुहुँ घर भए पनि उमा पहिल्लै देखि माईती घर अर्मनमा बस्दै आएकी रहिछन् । अहिले पनि उनी अर्मनमा नै बस्ने रहिछन् । “राती सपनामा पनि छोरा मात्रै देख्छु” उनले भनिन् । छोराले फोन गर्दा घरमा फोन लगेन कि भनेर दिनभर फोन टिप्ने ठाउँमा गएर बस्ने गरेकी छु । लेखपढ गर्न नजन्ने उमाको मोबाईलमा आफन्तहरुको फोन नम्बर अरुले नै सेभ गरी दिएका रहेछन् । बिहान उठेर फोन टिप्ने ठाउँमा जान्छु राति अबेरसम्म त्यही ठाउँमा नै बस्छु छोराको फोन आउँछ कि भन्दै तर छोराको फोन कहिले पनि आउँदैन बेलुका दुखी मनका साथ घरमा फर्किन्छु।भोलिपल्ट फेरि बिहान उठेर फेरी फोन टिप्ने ठाउँमा जाने उनको दैनिकी नै रहेछ अचेल । छोराको बारेमा थाहा पाए कि भन्दै आफन्त, छोराका साथीहरु र गाउँलेलाई फोन गरेर सोध्दै दिन बित्नथालेको छ । “आपूmलाई फोन नगरे पनि आफन्त वा साथिभाई र गाउँलेलाई फोन गरेको छ कि” भन्दै सोध्ने गरेकी छु उनीले भनिन् । तर सबैले मेरो छोराका बारेमा केही खबर थाहा पाएका छैनौं मात्रै भन्छन् ।

उमाले मात्रै नभएर घरमा रहेका खिमका हजुरबुवा र हजुरआमा पनि “नाति आउँछ कि भन्दै बाटो कुरेर बस्नेगरेको” मंगला १ कुहुँका वडाध्यक्ष एकजीत रोकाले बताए । “मैले पनि विदेशमा भएका आफन्तहरूलाई फोन गरेर खिमको बारेमा बुझ्ने प्रयास गरेको छु तर कसैले पनि उसँग आपूmहरू सम्पर्कमा नरहेको बताउने गरेका छन्” उनले भने । अहिले “गाउँघरमा नयाँ मान्छे आउनै हँुदैन उनीहरुले नातिको खबर लिएर पो आए कि भन्दै खिमका बारेमा सोधिहाल्ने गरेका स्थानीयहरु भन्छन्” । लामो समयसम्म घरको सम्पर्कमा नआएपछि अहिले खिमको आमा, हजुरबुवा र हजुरआमाले उनलाई खोजतलासी गर्नका लागि अनुरोध गरेका छन् ।

घरपरिवारमा सम्पर्कमा नरहेका खिमबहादुर पुनका पुराना केही तस्बिरहरु

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);