जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

दाङ। दाङमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगद सहित १० जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पक्राउ घोराही उपमहानगरपालिका १३ का ५२ वर्षीय कमान पुन, सोही ठाउँका ४२ वर्षीय लोक बहादुर घर्ती , ४५ वर्षीय प्रेम पुन, ४२ वर्षीय आइत बहादुर घर्ती, ३४ वर्षीय ज्ञान सिंह बूढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै वडा नं १५ का २२ वर्षीय निम बहादुर रोका, वडा नं। १४ का वर्षीय २६ त्रिपन बूढा, वडा नं। १५ का ३३ वर्षीय ढोका घर्ती, वडा नं। १२ का ४० वर्षीय तेजलाल पुन र वडा नंं १३ का ६८ वर्षीय गण बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

शुक्रबार दिउँसो करिब साढे ४ बजेतिर घोराही १३ डुमरगाउँ स्थित गन बहादुर घर्तिको घरमा अवैध रुपमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराही दाङबाट गएको प्रहरी टोलीले नगद १ लाख २२ हजार ५ सय १० रुपैयाँ र जुवा खेल्न प्रयोग भएको ६ गड्डी तास सहित बरामद गरी पक्राउ गरिएको प्रवक्ता रिजालले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);