काठमाडौं र पोखराबाट १२ जुवाडे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

काठमाडौं र पोखराबाट १२ जुवाडे पक्राउ

काठमाडौं, १० मंसिर । काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित सर्फेस नेपाल ट्राभल एण्ड टुर प्रालिको पार्किङतर्फ रहेको खाली स्थानमा जुवातास खेलिरहेको अवस्थामा ४ जना शुक्रबार साँझ पक्राउ परेका छन् ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा भक्तपुर सूर्यविनायक नगरपालिका–४ घर भएका ५६ वर्षीय जस बहादुर तामाङ समेत ४ जनालाई नगद २९ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
त्यसैगरी, कास्की, पोखरा महानगरपालिका–१४ चाउथेस्थित प्रज्वल प्रतिक खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना शुक्रबार राति पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा खाजा घरका संचालक पर्वत कुश्मा नगरपालिका–१३ घर भएका ४५ वर्षीय प्रेम बहादुर कार्की समेत ८ जनालाई नगद १ लाख ५ हजार ५ सय ६० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);