सरकारी छाप किर्ते कसूरमा ५ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सरकारी छाप किर्ते कसूरमा ५ जना पक्राउ

मोरङ, १० मंसिर । सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसूरमा संलग्न ५ जना शनिबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा रतुवामाई नगरपालिका–४ बस्ने ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीया झरिया देवी राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, ६३ वर्षीय पैखन लाल राजवंशी र ६४ वर्षीय कन्हारु लाल केवरत रहेका छन् ।

सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा गत कात्तिक २ गतेदेखि फरार रहेका उनीहरूलाई आ(आफ्नै घर ठेगानाबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई मोरङ जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);