पूर्व डिआइजी एवं सांसद नवराज सिलवाललाई खोज्न डिफ्यूजन नोटिस जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

पूर्व डिआइजी एवं सांसद नवराज सिलवाललाई खोज्न डिफ्यूजन नोटिस जारी

nabaraj silwal

काठमाडाैं, ८ माघ । पूर्व डिआइजी एवं ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवालविरुद्ध इन्टरपोलले डिफ्यूजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले सिलवालविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।

प्रहरीको अनुसन्धानमा रहेको र देश बाहिर भएको हकमा डिफ्यूजन नोटिस जारी हुने गर्छ। कार्यसम्पादन मूल्यांकनमा आफू पहिलो नम्बरमा रहेको दाबी गर्दै सर्वोच्च अदालतमा पेस गरेको फाराम किर्ते भएको अनुसन्धानमा सिलवाललाई पक्राउ पुर्जी जारी भएको थियो।

सर्वोच्चको आदेशअनुसार पुस ५ मा आरोपित नखुलाई सरकारी दस्तखत छाप किर्तेमा जाहेरी दर्ता गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाललाई पक्राउ गर्न पत्र काटेपछि सिलवाल किर्ते अनुसन्धानमा जोडिएका थिए।

सरकारी दस्तखत छाप किर्तेमा अनुसन्धानका लागि बुझ्नुपर्ने भएको भन्दै सिलवालको स्थायी बसोबास रहेको जिल्ला ललितपुर प्रहरीलाई पक्राउ गरी बुझाउन काठमाडौं परिसरले पत्र पठाएको थियो।

यस अघि वैशाखमा किर्तेको अनुसन्धानमा बयान लिन प्रहरी प्रधान कार्यालयले गठन गरेको तत्कालीन डिआइजी विजय भट्ट संयोजकत्वको छानबिन समितिले वैशाख ११ मा उनलाई दिनभर नियन्त्रणमा लिएर बयान सकिएपछि मुक्त गरेको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);