राष्ट्रपति भण्डारीद्वारा हनुमानढोका नासल चोकमा बसन्त श्रवण | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

राष्ट्रपति भण्डारीद्वारा हनुमानढोका नासल चोकमा बसन्त श्रवण

काठमाडाैं, ८ माघ । राष्ट्रपति विद्या भण्डारीले काठमाडौंको हनुमानढोका नासल चोकमा बसन्त श्रवण गरेकी छन् । बसन्त पञ्चमीको अवसरमा राष्ट्रपति भण्डारीले सोमबार विहान ११ बजेर १७ मिनेटको साईतमा बसन्तपुरस्थित नासल चोकमा बसन्त श्रवण गरेकी हुन्।

त्यस अवसरमा नेपाली सेनाले राष्ट्रपति भण्डारीको सम्मानमा सलामी समेत अर्पण गरेको थियो । बसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रुपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन छ ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीलगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

ताजा समाचार