एमालेको स्थायी समितिको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

एमालेको स्थायी समितिको बैठक आज बस्दै

umale baithak

काठमाडौं, ८ माघ । राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन र पार्टी एकीकरणबारे छलफल गर्न नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्दैछ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवासमा अपरान्ह ३ बजे बस्ने बैठकमा राष्ट्रिय सभाका सदस्यका उम्मेदवारको नाममाथि छलफल हुने छ । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्र्तगत आगामी बुधबार उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

राष्ट्रिय सभाको सदस्यका लागि एमाले प्रदेश कमिटीहरुले ठूलो संख्यामा उम्मेदवारको नाम सिफारिस गरेका छन् । प्रदेश कमिटीले सिफारिस गरेकाहरुको नाममा केन्द्रीत रहेर छलफल गरिने एमालेका नेताहरुले बताएका छन् । एमालेले प्रदेशसभामा २९ जना उम्मेद्वार उठाउँदै छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग लगातार दुई दिन भएको वान टु वान वार्ताका विषयमा जानकारी गराउने कार्यक्रम पनि छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);