एमाले स्थायी समिति बैठक बालकोटमा जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमाले स्थायी समिति बैठक बालकोटमा जारी

राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार टुंगो लगाउने विषयमा छलफल

काठमाडाैं, ८ माघ । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार टुंगो लगाउन आन्तरिक छलफललाई तीव्रता दिएको छ । पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा जारी पार्टी स्थायी समिति बैठकमा राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार टुंगो लगाउने विषयमा छलफल भईरहेको हो ।

बैठकमा नेताहरुले जिल्ला तथा प्रदेश कमिटीबाट सिफारिस भएर आएका नामलाई अन्तिम रुप दिने गरी छलफललाई अघि बढाएको बुझिएको छ । एमाले र माओवादी केन्द्रबीच राष्ट्रिय सभाको ४३ वटा सिटमा साझा उम्मेदवार बनाउने सहमति छ ।

सोही सहमति अनुसार एमालेले आफ्नो भागमा परेको २९ वटा सिटमा उम्मेदवार तय गर्न लागेको हो । मंगलबारसम्म उम्मेदवारको टुंगो लगाउने गरी छलफललाई अघि बढाइएको नेताहरुले बताएका छन् । आगामी बुधबार राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार मनोनयन हुँदैछ ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);