संविधान संशोधनमा लचिलो बन्दै एमाले, ओली निवासमा के होला निर्णय ? | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

संविधान संशोधनमा लचिलो बन्दै एमाले, ओली निवासमा के होला निर्णय ?

नेकपा एमालेको स्थायी समितिको बैठक बस्दै, संविधान संशोधनबारे पार्टीको आधिकारीक धारणा तय गरिने, स्थानीय चुनावमा उम्मेदवार छनौटका लागि मापदण्ड बनाउने तयारी

संविधान संशोधनमा लचिलो बन्दै एमाले

काठमाडौं । नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्दैछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने बैठकमा स्थानीय तहको चुनावको तयारीका विषयमा छलफल हुने एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा गाउँपालिका र नगरपालिकाका उम्मेद्वारको योग्यता र मापदण्डबारे छलफल हुनेछ । उम्मेद्वारको मापदण्ड योग्यता र छनौट विधीबारे टुंगो लगाउन समिति गठन हुन सक्ने र समसामयिक राजनीतिक विषयमाप पनि छलफल हुने भट्टराइले जानकारी दिनुभयो ।

बैठकमा संविधान संशोधनका विषयमा एमालेको पछिल्लो आधिकारीक धारणा तय गरिने छ ।

प्रदेशहरको सिमांकन बाहेक अन्य विषयमा संविधान संशोधन गर्नेगरि सहमति भए लचकताका साथ प्रस्तुत हुने एमालेको तयारी छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);