नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्दै

umale party office

काठमाडौं, २८ माघ । नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्दै छ । शनिबार बस्ने भनिएपनि बैठक नेताहरुको व्यस्तताका कारण आज बस्न लागेको हो ।

बैठक खासगरी नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता, प्रदेश नम्बर १ र ३ मा संसदीय दलको नेता छान्नका लागि भएको निर्वाचनमा देखिएको गुटबन्दी लगायत विषयमा केन्द्रीत हुने बताइएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ पार्टीले पाएको सिटमा निर्वाचित गराउने उम्मेदवारको नाममाथि पनि बैठकमा छलफल हुने छ । प्रतिनिधिसभाको समानुपातिकर्फका १ सय १० सिटमध्ये एमालेको भागमा ४१ सिट परेको छ ।

ती सिटमध्ये ३७ सिटमा महिला र ४ सिटमा पुरुषलाई निर्वाचित गराउनुपर्ने भएकाले बन्दसूचिबाट क कसको नाम निर्वाचन आयोगमा पठाउने भन्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । आयोगले नाम पठाउन सोमबारसम्मको समय दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);