नयाँ सरकारले जथाभावी बैदेशिक सहयोग स्वीकार नगर्ने : दाहाल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नयाँ सरकारले जथाभावी बैदेशिक सहयोग स्वीकार नगर्ने : दाहाल

Prachandaaa

काठमाडौं,२८ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकारले जथाभावी बैदेशिक सहयोग स्वीकार नगर्ने बताएका छन । नेपाल अण्डा उत्पादक सघंको १४ औं साधारणसभा तथा ८ औं अधिवेशन एवं भवन शिलान्यास कार्यक्रममा अध्यक्ष दाहालले वैदेशिक लगानी प्राथमिकताका आधारमा मात्रै स्वीकार गनुपर्नेमा जोड दिए ।

अबको सरकारले कुन क्षेत्रमा बैदेशिक सहयोग लिने र कुन क्षेत्रमा रोक लागाउने भन्नेबारे आवश्यक निर्णय लिने बताए । अन्यथा आम उद्यमी विस्थापित हुन सक्ने खतरा रहेको उनको भनाई थियो । अध्यक्ष दाहालले किसानको हक हितलाई संरक्षण गर्ने नीति निर्माण गर्न पहल गर्ने प्रतिबद्धता पनि जनाए । कार्यक्रममा अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले नेपाल कुखरा र अण्डा उत्पादनमा आत्मनिर्भर भए पनि राज्यका तर्फबाट आवश्यक नीति तथा सहयोग प्राप्त नभएको गुनासो गरे ।

नेपालमा वार्षिक ९० करोड अण्डा उत्पादन हुने गरेको एक तथ्याङ्कले देखाएको छ । चितवनमा मात्र त्यसको ६० प्रतिशत अर्थात ५५ करोड अण्डा उत्पादन हुने गरेको जनाइएको छ । नेपालमा वार्षिक एक अर्ब ३० करोड अण्डा आवश्यक रहेको र उत्पादन भने ९० करोड हुने गरेको छ । यो अनुपातलाई हेर्दा नेपालमा अझै ४० करोड अण्डाको कमी रहेको देखिन्छ । वर्षमा एक जनाले सरदर ४८ अण्डा प्रयोग गर्नुपर्ने हुन्छ । तर, नेपालीले जम्मा २४ वटा अण्डामात्र प्रयोग गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);