नयाँ सरकारले जथाभावी बैदेशिक सहयोग स्वीकार गर्दैन : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नयाँ सरकारले जथाभावी बैदेशिक सहयोग स्वीकार गर्दैन : प्रचण्ड

parchanda

चितवन, २७ माघ  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारले जथाभावी बैदेशिक सहयोग स्वीकार नगर्ने बताएका छन् ।

नेपाल अण्डा उत्पादक सघंको १४ औँ साधारणसभा तथा ८ औँ अधिवेश एवं भवन शिलान्यास कार्यक्रममा अाज चितवनमा बाेल्दै अध्यक्ष प्रचण्डले वैदेशिक लगानी प्राथमिकताका आधारमा मात्रै स्वीकार गनुपर्नेमा जोड दिएका छन्  ।

कम्युनिष्ट नेतृत्वमा गठन हुने सरकारले कुन क्षेत्रमा बैदेशिक सहयोग लिने र कुन क्षेत्रमा रोक लागाउने भन्नेबारे आवश्यक निर्णय लिने उनले बताए। अन्यथा आम उद्यमी विस्थापित हुन सक्ने खतरा रहेकाे उनले  औँल्याए ।

दाहालले किसानको हक हितलाई संरक्षण गर्ने नीति निर्माण गर्न पहल गर्ने प्रतिबद्धता पनि जनाए । कार्यक्रममा अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले नेपाल कुखरा र अण्डा उत्पादनमा आत्मनिर्भर भए पनि राज्यका तर्फबाट आवश्यक नीति तथा सहयोग प्राप्त नभएको गुनासो गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);