युवालाई स्वरोजगार बनाउन सप्तकोशी नगरपालिकाको ३ महिने तालिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

युवालाई स्वरोजगार बनाउन सप्तकोशी नगरपालिकाको ३ महिने तालिम

सप्तरी, ३१ चैत । सप्तरीको सप्तकोशी नगरपालिकाले युवाहरुलाई स्वरोजगार बनाउन तालिम दिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, जनकपुर धनुषाको आर्थिक सहयोगमा मंगलबार तालिम सुरु भएको हो ।

३ महिने निशुल्क रेफ एण्ड एसी मेकानिकल तालिमले युवालाई स्वरोजगार, व्यवसायिक तथा उद्यमशील बनाउने एक्स्पर्ट टेक्निकल कलेज इटहरीका अध्यक्ष हेमराज दाहालले बताए । तालिममा २० जना प्रशिक्षर्थीको सहभागी रहने र यस तालिमले स्वदेश मा मात्र नभई बैदेशिक रोजगारमा जाने सोच भएका युवा लाई समेत सहयोग गर्ने अपेक्षा गरेको दाहालको भनाई छ ।

यस्ता तालिमले युवा स्वरोजगार हुने र ‘समृद्ध नेपाल, सुखी नेपालीको’ राष्ट्रिय नारा सफल हुने विश्वास मेयर उत्तमकुमार शर्माले बताए । आगामी दिनमा नगरपालिकाले प्राविधिक तथा आर्थिक सहयोग गर्ने समेत प्रतिबद्धता जारी गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);