विद्यालयमा फैलँदै कोरोना, कालिकाका ८ शिक्षक एकैपटक संक्रमित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

विद्यालयमा फैलँदै कोरोना, कालिकाका ८ शिक्षक एकैपटक संक्रमित

school

रुपन्देही, ३१ चैत । रुपन्देहीको बुटवल–१० स्थित कालिका मानवज्ञान माविका आठ जना शिक्षकमा कोरोना संक्रमण देखिएको छ । ८ जना शिक्षकमा एकैदिन संक्रमण पुष्टि भएको हो । नेपालकै सबैभन्दा धेरै विद्यार्थी भएका सामुदायिक विद्यालयमध्ये कालिका मानवज्ञान पनि एक हो । सो विद्यालयमा ८ हजार बढी विद्यार्थी अध्ययन गर्ने गर्छन् ।

एकैपटक ८ शिक्षकलाई कोरोना देखिएपछि विद्यालय बन्द गरिएको वडाध्यक्ष पदमबहादुर थापाले जानकारी दिए । विद्यालय वैशाख २ गतेसम्मका लागि बन्द गरिएको उनले बताए । विद्याल बन्द गरिएको भए पनि कक्षा १० को परीक्षा भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन भइरहेको उनले बताए ।

विद्यालयबाट तीन दिने भ्रमणमा गएका शिक्षकहरुमा कोरोना संक्रमण देखिएको उनले बताए । ‘उहाँहरु डोटीसम्मको भ्रमणमा जानुभएको थियो, त्यहाँबाट फर्किएकालाई कोरोना देखियो, उहाँहरुमा उतैबाट संक्रमण सरेको आशंका छ’ उहाँले भन्नुभयो ।

विद्यालयका अन्य शिक्षक र विद्यार्थीमामा भने संक्रमणको कुनै लक्षण देखिएको छैन । वैशाख २ बाट नियमित कक्षा सञ्चालन गर्ने तयारी गरिएको उनले बताए । विद्यालयहरुमा कोरोना संक्रमण जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठूला काठमाडौं उपत्यकासहित देशका ठूला शहरका विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरिसकेको छ । मन्त्रिपरिषद्बाट पारित हुन भने बाँकी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);