गायिका कोमल वलीलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गायिका कोमल वलीलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय

नेकपा एमालेले गायिका कोमल वलीलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

komal oli

काठमाडौं, ९ माघ । नेकपा एमालेले गायिका कोमल वलीलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवासमा सोमबार बसेको स्थायी समितिको बैठकले वलीलाई ५ नम्बर प्रदेशबाट महिला कोटामा उम्मेद्वार बनाउने निर्णय गरेको हो । वली मंसिर १० गतेको निर्वाचन अघि राप्रपा छोडेर एमाले प्रवेश गरेकी थिइन । बैठकले राष्ट्रियसभाका लागि प्रदेश नम्बर ५, ६ र ७ का उम्मेदवारको नाम टुंगो लगाएको छ ।

एमालेले प्रदेश नम्बर ५ बाट वलीका अलावा रामलखन हरिजन, खिमलाल भट्टराई, मीना बुढा, प्रदेश नम्बर ६ बाट कविता बोगटी, नन्दा शर्मा, नरपति लोहार, भैरवसुन्दर श्रेष्ठ र ठगेन्द्र पुरी तथा प्रदेश नम्बर ७ बाट कमला ओली, इन्दु कडेरिया, शेरबहादुर कुँवर र चक्रप्रसाद स्नेहीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रदेश नम्बर १, २, ३ र ४ का उम्मेदवारको नाम आज टुंगो लगाइने एमालेले जनाएको छ । त्यसका लागि एमालेले विहान ११ बजे स्थायी समितिको बैठक बोलाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);