राष्ट्रियसभाका उम्मेदवार छनोट गर्ने जिम्मा प्रचण्ड, श्रेष्ठ र थापालाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रियसभाका उम्मेदवार छनोट गर्ने जिम्मा प्रचण्ड, श्रेष्ठ र थापालाई

काठमाडौँ, ८ माघ । माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनका उम्मेदवार छनोट गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको प्रदेश इञ्चार्जसहित शीर्ष नेताको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

राष्ट्रियसभाका ५६ मध्ये ४३ सिट वाम गठबन्धनको पक्षमा छ । त्यसमा २९ नेकपा एमाले र १४ माओवादी केन्द्रले लिने दुई पार्टीबीच सहमति बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);