सरकारमा सहभागी हुनेको नाम छान्ने जिम्मा अध्यक्ष दाहालसहित तीन नेतालाई | ईमाउण्टेन समाचार

Our Network

साउन १५ २०८३, शनिबार

सरकारमा सहभागी हुनेको नाम छान्ने जिम्मा अध्यक्ष दाहालसहित तीन नेतालाई

नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने सदस्यको नाम छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहालसहितका तीन नेतालाई दिएको छ ।

dahal

काठमाडौं, ११ फागुन । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने सदस्यको नाम छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहालसहितका तीन नेतालाई दिएको छ ।

अध्यक्ष दाहाल निवासमा विहिबार बसेको केन्द्रीय सचिवालयको बैठकले सरकारमा सहभागी हुने सदस्यको नाम छान्ने जिम्मा अध्यक्ष दाहाल नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिएको हो । तीन सदस्यीय टोलीले आवश्यक मापदण्ड बनाएर मन्त्रीको नाम चयन गर्ने छ । समावेशी र समानुपातिक आधारमा नयाँ र पुरानालाई मिलाएर सरकारमा सहभागी हुनेको नाम छान्ने माओवादीको तयारी छ ।

बैठकले गोपाल किराती, विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाहीस्वरुप पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको छ ।