नेकपा एमालेको स्थायी समितिको बैठक केहीबेरमा बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेकपा एमालेको स्थायी समितिको बैठक केहीबेरमा बस्दै

सरकारमा पठाउने सदस्यहरुको नाम छान्ने नेकपा एमालेको स्थायी समितिको बैठक केहीबेरमा बस्दै छ । बैठकका लागि एमालेका स्थायी समिति सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगिसकेका छन् ।

काठमाडौं, ११ फागुन । सरकारमा पठाउने सदस्यहरुको नाम छान्ने नेकपा एमालेको स्थायी समितिको बैठक केहीबेरमा बस्दै छ । बैठकका लागि एमालेका स्थायी समिति सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगिसकेका छन् ।

एमालेको भागमा अर्थ, शिक्षा, परराष्ट्र, सूचना तथा सञ्चार, भौतिक पूर्वाधार, पर्यटन लगायत १० वटा मन्त्रालय परेका छन् । ती मन्त्रालयको जिम्मेवारी लिने नेताहरुको नाम छान्न स्थायी समितिको बैठक बोलाइएको हो । एमालेमा पार्टी उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, सचिव प्रदिप ज्ञवाली लगायत नेताहरुको नाम मन्त्रीका लागि चर्चामा छ ।

यसअघि उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका रावल र पोखरेलले सरकारमा सहभागी हुन इच्छा देखाएपनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् चुस्त बनाउने भन्दै कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने प्रस्ताव गरेका छन । अघिल्लोपटक प्रधानमन्त्री हुँदा ६ जना उपप्रधानमन्त्री बनाएका कारण आलोचित भएका ओलीले यसपटक एक जना पनि उपप्रधानमन्त्री नबनाउने प्रस्ताव गरेका हुन । प्रधानमन्त्री ओलीले यो प्रस्ताव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमक्ष पनि राखिसकेका हुन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);