सत्तारुढ नेकपाको स्थायी समितिको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सत्तारुढ नेकपाको स्थायी समितिको बैठक आज बस्दै

nekapa

काठमाडौं, २१ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आज बस्दै छ ।

सरकारका काम, पार्टीको नियमावली लगायत विषयमा छलफलका लागि नेकपाको स्थायी समितिको बैठक बस्न लागेको हो । सचिवालयले नियमावलीको मस्यौदा यसअघि नै तयार पारिसकेको छ ।

बैठकमा नेताहरुको कार्यविभाजन, पार्टीका भातृ संस्थाहरुको एकीकरण र राष्ट्रिय चिकित्सा शिक्षा विधेयकबारे पनि छलफल हुने बताइएको छ । बैठक अपरान्ह ३ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बोलाइएको नेताहरुले बताएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);