माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, २६ माघ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । स्थायी समितिको बैठकले २२ सदस्यीय पदाधिकारीको टुंगो लगाएलगत्तै केन्द्रीय समितिको बैठक बोलाएको हो ।

आज साझ ५ बजे बोलाइएको बैठक भर्चुअल माध्यमबाट हुने जनाइएको छ । पार्टीले केन्द्रीय सदस्यहरुलाई जुम आइडीसमेत पठाएको छ ।

बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने र स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रीय विभागको विभागीय जिम्मेवारी तोकेको घोषणा गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);