अखिल क्रान्तिकारीका दुवै समिति विघटन, एकढिक्का भएर स्ववियु निर्वाचनमा लाग्न सर्कुलर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अखिल क्रान्तिकारीका दुवै समिति विघटन, एकढिक्का भएर स्ववियु निर्वाचनमा लाग्न सर्कुलर

काठमाडौं, २६ माघ । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका दुवै समिति विघटन हुने भएका छन् । पञ्चा सिंह र पवन कार्की नेतृत्वको दुवै समिति विघटन गरेर लामो समयदेखि चुलिएको विवाद समाधान गर्न राष्ट्रिय सम्मेलन आयोजक समिति बनाइने भएको हो ।

माओवादी केन्द्रको स्थायी समितिको बैठकले दुवै समितिलाई विघटन गरेर राष्ट्रिय सम्मेलन आयोजक समिति बनाउने र स्ववियु निर्वाचनपछि सम्मेलनको आयोजना गर्ने निर्णय गरेको हो । पार्टीले अहिले दुवै पक्षका विद्यार्थीहरु एक ढिक्का भएर स्ववियू निर्वाचनमा लाग्न गर्दै सर्कुलर जारी गरेको छ ।

पञ्चा सिंहले नेतृत्व गर्दै आएको अखिल क्रान्तिकारीको अर्का नेता पवन कार्कीले समानान्तर संगठन बनाएपछि विवाद सुरु भएको थियो । कार्की पक्षले सिंहले एकलौटी ढंगले संगठन अघि बढाएको आरोप लगाएको थियो । आफ्नो पक्षका लाई मात्र पक्षपोशष गरेको लगायतका आरोप लगाएका छन् । दुई पक्षबीचको विवाद समाधान गर्न विभिन्न व्यक्तिहरुको नाममा समिति गठन गरेपनि समाधान हुन सकेको थिएन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);