माओवादी निकट विद्यार्थी संगठन विभाजित, पवन कार्कीको नेतृत्वमा अलग्गै केन्द्रीय कमिटी गठन | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

माओवादी निकट विद्यार्थी संगठन विभाजित, पवन कार्कीको नेतृत्वमा अलग्गै केन्द्रीय कमिटी गठन

काठमाडौ। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले पवन कार्कीको नेतृत्वमा एक सय ९९ केन्द्रीय समितिसहितको समानान्तर कमिटी घोषणा गरेको छ ।

सहिद परिवार सदस्य कमरेड प्रतीक कार्कीको सभापतित्वमा शनिबार बसेको भेलाले पवन कार्कीको  नेतृत्वमा ए कसय ९९ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति निर्माण गरेको  हो ।सो समुहका नेता उपदेश यादवका अनुसार आयोजक समितिमा वर्तमान र पूर्व पदाधिकारीसहित ईन्द्र लामा, उपदेश यादव, बालकुमार केसी, सागर केसी, बसन्ता भण्डारी, समीर बुढाथोकीलगायत रहेका छन ।संगठन विभाग, प्रशिक्षण विभाग, स्वयमसेवक विभाग लगायत महत्वपूर्ण विभाग  गठन गरेको सो समुहल देशभर संगठन पुनर्गठन अभियान चलाउने निर्णय लिएको छ । साथै, राष्ट्रियता, जनजीविका, जन्तन्त्रको सवालमा संघर्स गरेर अघि बढ्नेसहित शैक्षिक कार्यक्रम, सांगठनिक कार्यक्रम सार्वजनिक गर्दै निरन्तर संगठन निर्माणको दिशामा अघि बढेको यादवले जानकारी दिए ।

Leave a Reply