सुदुरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, नागरिक उन्मुक्तिले मत नदिए के होला ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सुदुरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, नागरिक उन्मुक्तिले मत नदिए के होला ?

काठमाडौं, २६ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले आज विश्वासको मत लिदैंछन् । हिजो लिने भनिएको विश्वासको मत लिने कार्यक्रम नागरिक उन्मुक्ति पार्टीको कारण स्थगित गरिएको थियो । आज दिउँसो १ बजे रावलले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

रावल गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्त भएको एक महिनामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज अन्तिम दिन हो ।  नागरिक उन्मुक्तिको सो प्रदेशमा ७ जना सांसद रहेका छन् । उन्मुक्ति पार्टीले आज विश्वासको मत नदिए रावल नेतृत्वको सरकार बाहिरिने छ ।

सो प्रदेशमा निर्णायक शक्ति बनेको उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेसँगै उनको पद धरापमा परेको हो । नेकपा एमालेका नेता समेत रहेका मुख्यमन्त्री रावलले एमालेका १०, माओवादी केन्द्रको ११, नागरिक उन्मुक्तिको ७, राप्रपाको १ जनाको समर्थन पाएका छन् । तर, मंगलबार उन्मुक्ति पार्टीको बैठकले उधारो आश्वासनको भरमा विश्वासको मत नदिने निष्कर्ष निकालेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);