बस्ला त राजनीतिक संयन्त्रको बैठक ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बस्ला त राजनीतिक संयन्त्रको बैठक ?

काठमाडौं, २६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको आज बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक कति बेला बस्ने अझै टुंगो लागेको छैन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भएको भेटवार्तामा संयन्त्रको बैठक बस्ने सहमति भएको थियो । अहिलेसम्म पनि बैठक बस्न सकेको छैन् ।

राष्ट्रपति निर्वाचन, गृहमन्त्री लगायतमा विभिन्न विषयमा संयन्त्रको बैठक बोलाएर छलफल गरिने भनिएपनि अहिलेसम्म बैठक बस्ने नबस्ने टुंगो नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसँगै उनको पार्टी सरकारबाट बाहिरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको गृहमन्त्रालय कसलाई दिने भन्ने बारेपनि संयन्त्रमा छलफल हुनेछ ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत लिन भइरहेको सकस लगायतका विषयमा पनि छलफल हुने बुझिएको छ । प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री आफैले राखेर राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा हुनुपर्ने बताइरहेका छन् । तर, एमालेले भने सत्तागठबन्धनमा गरिएको सहमति विपरित गर्न नहुने र आफ्नो भागमा राष्ट्रपति पाउनुपर्ने अडान लिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);